विवादको चंगुलमा रवि लामिछाने
- रुपान्तरण
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि उजुरी रोकिएको छैन ।नागरिकताको विवादले उनी चौतर्फी घेराबन्दीमा परेका छन् । उक्त विषयमा निर्वाचन आयोगमा स्पष्टीकरण बुझाइसके पनि लामिछानेविरुद्ध अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।