छठको रमझम : यता विद्या, उता हिमानी
- रुपान्तरण
छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्य पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । तराईमा सीमित यो पर्व केही वर्षयता राजधानीलगायत पहाडी क्षेत्रमा उत्साहपूर्वक मनाउन थालिएको छ ।