कांग्रेस महाधिवेशनका परिदृश्य
- किशोर नेपाल
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि प्रस्तावित नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उदघाटन भदौ १६ गते नै गर्ने आफनो चाहना बताएका छन । तर, समयले उनको त्यो चाहना पूरा हुनदिने लक्षण अलिकति पनि देखाएको छैन । कांग्रेस महाधिवेशनको नियमित अनुगमन गरी रहेका राजनीतिक संवाददाता र टिप्पणीकारहरुले यो स्तम्भकारलाई दिएको जानकारी अनुसार, नेपाली कांग्रेसको नेतृत्वले निर्वाचन आयोगसंगको सल्लाहमा महाधिवेशनको तिथि पुनर्संयोजनगर्ने तयारी गरी रहेकोछ ।"