रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
। काठमाडौँ महानगरपालिकामा प्रतिदिन जम्मा हुने फोहोरमैला थन्क्याउने स्थानका रुपमा चर्चित हुँदै आएको बञ्चरेडाँडाको खोचबाट बग्ने कोल्पुखोलाको पानी मानिस र जनावरले पिउन मात्रै होइन, सिँचाइको लागि समेत अयोग्य भएको ठहर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को अनुसन्धानले देखाएको छ । नास्टले काठमाडौं महानगर पालिकाका लागि गरेको अध्ययनबाट यो तथ्य उदघाटित भएको हो ।""
नेपाली कांंग्रेसकी केन्द्रीय सदस्य डा.डिला सग्रौलाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव रहेकाले यो कर्मकाण्डीमा सिमित हुने दावी गरेकी छिन् ।"
सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम पेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद भवन नयाँ बानेश्वरमा संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम सार्बजनिक भएको हो ।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले सरकारविरुद्ध दायर गरेको सबै रिट खारेज भएको छ । वर्ल्डलिङ्कले कर तिर्नुपर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विभिन्न मितिमा विभिन्न ८ वटा मुद्दा दायर गरेको थियो ।
नेपालको सफल व्यवसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम–६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रुपमा उदघाटन भएसँगै नेपालमा हुन्डाइ कारको विधिवत रुपमा उत्पादन शुरु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महत्वपूर्ण सांस्कृतिक अनुहार हुन – प्रेमनाथ अधिकारी । उनका राजनीतिक प्रेरणा पुरुष थिए –बालकृष्ण बुढाथोकी । बुढाथोकीले नै उनलाई २०३७ साल भदौमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनको कोषाध्यक्ष बनाएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘प्रेमनाथ, अब तिमीले साईंली र माइलीको गीतगाउन पाउने छैनौं ।’"
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुर्व्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घट्नाको विरोध गरेका हुन् ।
कर बक्यौता विवादले अवरुद्ध इन्टरनेट सेवाको अवरोध हटेको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै नेपालमा अवरुद्ध इन्टरनेट चल्न थालेको हो । बिहीबार अपरान्ह ४ बजेपछि एकाएक इन्टरनेट सेवा अवरुद्ध भएको थियो । वर्ल्ड लिंक, सुबिसु, भायानेट सहितका इन्टरनेट सेवा प्रदायकहरूले सामाजिक सञ्जालमार्फत इन्टरनेट सेवा अवरुद्ध भएको र समस्या समाधान गर्ने प्रयास भएको जनाएका थिए ।