रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
कार्यालयले उठाएको घुसको रकम माथि पनि दिनुपर्छ भन्दै रुकुम पूर्वस्थित डिभिजन वन कार्यालयका प्रमुखले घुस असुलेको पाइएको छ । कार्यालयका डिभिजनल वन अधिकृत जीवन पंगेनीले बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको लागि अनुमति पुर्जी दिनलाई निवासमै बोलाएर सेवाग्राहीसँगबाट ‘खाजश्व भन्दै घुस’ लिएको बताइएको छ ।
चौतर्फी दबाबपछि नेपाली काँग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई आफ्नो पार्टीको बैठक स्थल नबनाउने भएको छ । बृहत नागरिक आन्दोलन, कांग्रेस नेता गगन थापालगायतले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका थिए ।
पूर्वप्रधानमन्त्री एवम एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समुहका एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिने जोखिम बढेको चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गरेका छन् । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए पनि पार्टीमा बहुमत सदस्य खोजेकाले कुरा बिग्रिएको आरोप पनि उनले लगाए । दोस्रो अध्यक्ष बनाउन नेपालले राखेको माग पूरा गर्न आफू तयार रहेको कार्यदलका सदस्यहरुलाई भनेको दावी उनको दाबी थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई महामारीबाट मुक्त गराउन उद्योगी तथा व्यापारीहरुले सहयोग गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अमरेशकुमार सिंहले बुधबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। सर्लाही निर्वाचन क्षेत्र नं बाट निर्वाचित उनले पार्टीको क्रियाशील सदस्यतामाथि भएको छानबिनप्रति असन्तुष्टी जनाउँदै सभापति शेर बहादुर देउवालाई राजीना पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशनको तयारीकै क्रममा कांग्रेसलाई राज्य सत्ता संचालनको अवसर मिलेको छ । यस्तो अवस्थामा महाधिवेशन भन्दा सरकार संचालनमा कांग्रेस केन्द्रीत भएको देखिन्छ ।