रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबारका लागि बोलाइएको नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठकमा अधिकांश समय माधव नेपाल र झलनाथ खनालको अनुपस्थितिले चर्चा पायो ।
नेकपा एमालेको ओली पक्षले शुक्रवार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले समूह सहभागी नहुने निर्णय गरेको छ। उनीहरुले ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको पनि बताएका छन् ।
विहीबार बसेको राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आठौं अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा निर्णय गराउनका लागि अदालतलाई धम्की दिइरहेको आरोप लगाएका छन् ।"
नेकपा एमालेले स्थायी कमिटीमा ८ जना सदस्य थप गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा रहेका सदस्यहरूलाई कमिटीमा समावेश गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन् ।
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको नियमित भेटघाटले कांग्रेसभित्र नयाँ तरङ्ग थपिदिएको छ । मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच भएको भेटले कांग्रेसभित्र नयाँ समीकरणको विकास हुने देखिएको छ ।