रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पार्टी एकताको पहल भइरहेका बेला नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला केपी ओली पक्ष एकलौटी रुपमा अघि बढेर प्रस्ताव पारित गरेको हो ।
सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयमा अल्पकालिन अन्तरिम आदेश दिएको छ । सरकारको सो निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका पालामा गरिएका संवैधानिक नियुक्ति कानूनसम्मत रहेको जिकिर गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सिंहदरबार स्थित गृहमन्त्रालयमा भएको भेटवार्तामा यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सँधै सकारात्मक रहेको बताइन ।"
कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम ल्याइएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सुरक्षित रहन आग्रह गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय पनि गरेको छ"
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् । उनले भने,‘सरकारलाई पूर्णता दिनको लागि ढिलाई भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दापनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाई गर्नुहुँदैन् ।’