रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिई यथास्थितिमा रुमल्लिए आफ्नो पार्टीको औचित्य समाप्त हुने र पतन हुने बताएका छन् ।
अन्ततः नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन नयाँ मिति निर्धारण गरेको छ । महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म संचालन गरी सम्पन्न गर्ने निर्णय गरेको हो ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेको विभाजन चाहेको जिकिर गर्दै भने,‘ओलीले एकपछि अर्को एकलौटी काम गरिरहेका छन् । पार्टी एकताको आधार कमजोर बनाएका छन् । वास्तवमा ओलीले एकता चाहेकै छैनन् ।’
गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार कुल आचार्यले ब्रिटिश सैनिक सरह सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत पूर्व गोर्खाहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायलाई केन्द्रमा राखेर चालु आर्थिक वर्ष २०७८/०७९को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी प्रदेशका नवनियूक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । केसीलाई लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ दिलाए ।"
गैरआवासीय नेपाली संघ(एनआरएनए)का प्रतिनिधि र उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन कुमार पोखरेलसँग भेट गरी नेपाल डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्ब लगानीका लागि सहज वातावरणको सुनिश्चितताका लागि आग्रह गरेका छन् ।