रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले शनिबार सरकारले प्रस्तुत गरेको आगामी बर्षको बजेटमार्फत प्रत्येक नेपालीको थाप्लोमा झण्डै ५५ हजार थपिदिएको बताएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले कोभिड–१९ को महामारीको अवस्थामा आम नागरिकको स्वास्थ्य उपचार एवम् मानव अधिकारको संरक्षण गर्न आग्रह आग्रह गरेको छ ।
ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई नयाँ नामाकरण गर्ने सरकारी प्रस्तावको व्यापक विरोध भएको छ । पूर्वको नेपाली समाजमा लोकोक्ति सम्म बनिसकेको विमानस्थलको नाम बदल्न नहुने उनीहरुको माग छ । ताप्लेजुङको इतिहासमा यसको किम्बदन्ती रोचक छ । सुकेटार विमानस्थलले स्थानीय सांस्कृतिक लोकभाका समेत प्रचलनमा भएकाले मौलिकतालाई बचाउन नाम बदल्न नहुने उनीहरुले माग गरेका हुन् ।
प्रतिनिधि सभा विघटनबारे परेका मुद्दा भोलि(सोमबार) सुनुवाइ हुने भएको । सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाई हेर्दाहेर्दैमा राखिएको हो ।"""
प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकारमार्फत समानताको लय समाउने कुरामा नेपाल विश्वमै उदाहरणीय देश भएको बताएका छन् । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राखेका हुन् ।
सरकारले खेल क्षेत्रलाई प्रोत्साहन गर्नेगरी बजेट सार्वजनिक गरेको छ । युवा तथा खेलकुदको लागि २ अर्ब ७४ करोड विनियोजन गरेको छ।
सरकारले निजामती कर्मचारीको तलब २ हजार रुपैयाँ बढाएको छ । महंगी भत्ता भने यथावत राखेको छ ।"
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ६ अर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब अर्ब ४७ अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२।६ प्रतिशत विनियोजन गरेको छ ।