रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
विहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा तीन वटा प्रस्ताव पेस भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका छन्।
अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय शुरु गरेका कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको उचाईलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि जिम्मेवारी दिएको उनले बताए ।
निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले भुवनलाई अनुबन्धित गर्दै फिल्म छायांकनको सेड्युल तय गरेको छ । दोस्रो लकडाउनका कारण फिल्मको छायांकन अगाडि बढ्न सकेको थिएन ।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई सच्याउने कामको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले केही क्षेत्रमा कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
नेकपा एमालेको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ संरचनामा अघि बढाउने प्रस्ताव अघि सारको थियो ।"
९ महिनाका बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बाङ्गो हुने विश्वकै दुर्लभ रोग लागेपछि परिवारले सहयोगको अपिल गरेको छ । तनहुँ सुनपा नगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मान अलीको उपचारमा आर्थिक अभाव हुन थालेपछि परिवारले सहयोगको अपिल गरेको जनाएको छ ।