रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा माओवादी केन्द्रले सरकार पठाउने मन्त्रीको नाम टुंग्याउन नसकेपनि प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी, विभागको प्रमुख र जिल्ला इन्चार्ज भने तोकेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टीलाई कमजोर बनाउने काममा लागेको गम्भीर आरोप लगाएका छन् । तर, एमाले कमजोर पार्ने देउवा, दाहाल र सापकोटा तीनै जनालाई आगामी दिनमा महँगो पर्ने उनको चेतावनी छ ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकताका सबै ढोका बन्द भएपछि नयाँ दल दर्ता गरेको प्रतिक्रिया दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पार्टीलाई कब्जा, बदनाम, एवं समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नयाँ दल दर्ता गरेको बताए ।
एमालेबाट माधवकुमार नेपाल पक्ष अलग भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्रको एउटा पक्ष बाहिरिएर पार्टीलाई अपूरणीय क्षति नभएको प्रतिक्रिया दिएका छन् । पार्टी विभाजनले एमालेमा एकछिन ग्रहण लागे जस्तो मात्र भएको उनको भनाइ थियो ।
सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा प्रभुराम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायमुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका शर्मालाई महारथीमा पदोन्नति गरेर प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेकी छन् । सरकारले मंगलबारको मन्त्रिपरिषद् बैठकबाट राजनीति दल सम्वन्धी ऐन २०७३ लाई संसोधनको निणर्य गर्दै राष्ट्रपति कार्यालयमा अध्यादेश जारीका लागि सिफारिस गरि पठाएको थियो ।
भुतपुर्व गोर्खाहरू बेलायतीसरह समान पेन्सनलगायत माग राख्दै आमरण अनसन बसेको १२औँ दिन पुग्दासमेत बेलायत सरकारले आफ्ना समस्या समाधानमा चासो नदिएको भन्दै भुतपुर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके–नेपालले भोलि विहीबारदेखि अनसन बस्ने चेतावनी दिएको छ ।"
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई सघाएको भनिएको जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमा विभाजित भएको छ । पार्टी नेता महन्थ ठाकुर समूहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।"