रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनप्रतिनिधिहरु सामाजिक जागरणको अभियन्ता, जनताको सेवक र विकासका अभियन्ता बन्नुपर्ने बताएका छन् ।"
दुईदिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह स्वदेश फर्किएकी हुन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको बताएका छन् ।
पूर्वी इलामको पशुपतिनगरमा जारी चौथो पशुपतिनगर खुल्ला नकआउट फुटबल टुनामेन्टको उपाधि मित्रराष्ट्र दार्जिलिङको बिभागीय टिम प्रहरीले उचाल्न सफल भएको छ ।
सरकारले कोभिड–१९ को संक्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा संक्रमण बढिरहेकाले नेपालमा पनि बढ्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै संक्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टचार भेटघाट गरेका छन् । नेपालका लागि नवनियुक्त राजदूत हैदर शाहले सोमबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन् ।
सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिका अध्यक्ष सौरभ ज्योतिको अगुवाइमा नेपालका ११ वटा शहरमा ‘बास्किन रोबिन्स’को १६ भन्दा बढी रिटेल आउटलेटको बजार व्यवस्थापन गरेको छ ।