रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
क्रियाशील सदस्यताका विषयमा केही शीर्ष नेताहरूको असहमतिका वाबजुत नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा तहको महाधिवेशनको प्रक्रिया अघि बढाएको छ भने ४८ जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक गरेको छ।"
प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेका छन् । एमालेबाट अलग भएका माधव कुमार नेपालले नयाँ पार्टी दर्ता गरेसँगै देउवाले तयारी थालेका हुन् । एमालेबाट औपचारिक रूपमा विभाजित भएपछि नेपाल समूहलाई सरकारमा जान बाटो खुलेको हो ।
महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा चुडाउँदा नदीमा बगेका दार्चुलाका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
नेपालको संविधानले राज्यका हरेक नीति निर्माण तहमा महिलाको ३३ प्रतिशतको सुनिश्चितता गरेको छ । सङ्घीय संसदमा महिलाको ३३ प्रतिशत, प्रदेश सरकारमा ३४.५ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत पुगेका छन् । आज महिलाहरुको सहभागिता यो अवस्थामा आउनुमा मङ्गलादेवी सिंहले उठाएको आवाज र उनको योगदालाई स्मरण गर्ने गरिन्छ ।
माधव कुमार नेपाल नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) निर्वाचन आयोगबाट बैधता पाएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको समाजवादीलाई आयोगले बुधबार अपरान्ह दर्ता प्रमाणपत्र दिएको छ ।"
काठमाडौको चावहिलमा रहेको ‘के एल टावर’मा भ्याली एक्सप्रेसको छैठौं शाखा खुलेको छ। स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै सञ्चालनमा आएको सो शाखाबाट ‘टेक अवे’ र ‘होम डेलीभरी’ को सेवा शुरु भएको हो।
माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत सकिएको छ ।"
केपी ओलीसँग दशकौं सँगै राजनीति गरेर नेकपा एमाले जन्माउन हिस्सेदार भूमिका निर्वाह गरेका माधव कुमार नेपाल नयाँ दल दर्ताको प्रक्रियामा अघि बढेका बेला ओली पत्रकार सम्मेलन गरेर नेपालमाथि तिखो प्रहार गरेका छन् । अध्यक्ष ओलीले नेपाललाई पार्टी फुटाउन सहज बनाउनका लागि सरकारले कानुन बनाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।