रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले शुक्रबार एमाले केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।
दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो ।
नेपाली कांग्रेस भित्रको रामचन्द्र पौडेल समूहले पार्टीको १४औं महाधिवेशनमा आफ्नो समूहबाट सहमतिबाट एउटै उम्मेदवार तोक्ने घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन उक्त समूहले आगामी १४औं महाधिवेशनमा सहमतिमा नै उम्मेदवार तोक्ने घोषणा गरेको हो ।
सरकारले चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ । विशेष गरी हुम्ला जिल्लास्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको हो ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा गएर गरिएको उपचार खर्च दिइएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
काठमाडौं उपत्यकामा गत १६ बैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले चार महिना यता जारी गरिंदै आइएको निषेधाज्ञा हटाएको हो ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेर शेर बहादुर देउवा कुर्सीमा बसेको ५० दिन पुगेको छ । तर सरकार विस्तारमा भएको ढिलाइले सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिन थालेको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।
सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न एसएसबीमाथी अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न सुझाव पनि दिएको छ ।