रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्लो मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतवार जेठ २७ गते गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध पुरक निवेदन दिएका हुन्।
भदौमा गर्ने कार्यतालिका रहेको कांग्रेसको १४ औं महाधिवेशन कार्यतालिका पुनः हेरफेर हुने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव गरेको छ ।
नेपालका पाँच पूर्व प्रधानमन्त्रीहरुले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिएका छन् ।"
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बाख्रा पालनका लागि किसानलाई वितरण गर्ने भनि ल्याएका बाख्रा किसानहरुले नै लिन अस्विकार गरेका छन् । वितरणको लागि ल्याएका बाख्रा मापदण्ड विपरितका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।
गृह मन्त्रालयले कोरोना (कोभिड–१९) का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।"
कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार रहेका रुकुम पूर्वका एक युवाले गाउँमा आफ्नै घरछेउबाट सडक लिनुपर्ने भन्दै धम्की दिएर सडक निर्माण कार्य लामो समयसम्म अबरुद्ध गरेका छन् ।