रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिसिल्डलगायत खोप नेपालमा प्रयोग भइरहेको छ ।
२५ बर्षदेखि स्पोटब्वाइमा काम गर्दै आईरहेका राजु फुयाँलको प्रस्तुतिमा निर्माण भैरहेको चलचित्र “प्रेमगन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ । कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो ।
संसद सचिवालयले नेकपा एमालेले कारबाहीको सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरिरहनु नपर्ने जनाएको छ । एमालेले संसद सचिवालयमा पठाएको पत्रबारे जवाफ दिँदै नेपालको नेतृत्वमा नयाँ दल दर्ता भइसकेको र निर्वाचन आयोगले दलको मान्यता दिइसकेको अवस्थामा कारबाही गर्नुपर्ने अवस्था नरहेको सचिवालयले जनाएको छ ।
। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिँडेको बताएका छन् ।
एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ ।
क्रियाशीलत विवाद समाधानउन्मुख भएसँगै सत्तारुढ नेपाली कांग्रेस १४औं महाधिवेशनतर्फ केन्द्रीत भएको छ । सभापतिमा आकाक्षा देखाएका नेताहरुले आफ्नो सम्पर्क कार्यालय खोलेर महाधिवेशनमा होमिएका छन् । हालका उपसभापति तथा सभापतिका प्रत्यासी विमलेन्द्र निधीले पनि शुक्रबार सम्पर्क कार्यालय खोलेर प्रचार थालेका छन् ।
नेपालको राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजीनामा दिएका छन । राष्ट्रिय क्रिकेट टोलीसँगै ओमान भ्रमणमा रहेका उनले नेपाल क्रिकेट संघ(क्यान)लाई इमेल पठाएर राजीनामा दिएको जानकारी गराएका छन् । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उजको राजीनामाको पुष्टि गरे ।
नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् । कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि नेताहरुले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रुपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरुले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे ।"