रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आगामी साउन ३ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
सरकारले ३ साउनका लागि प्रतिनिधि सभा बैठक बोलाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ३ साउनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीपरिषद् बैठकले प्रतिनिधि सभा बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जानकारी दिए।
कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नाम मात्रको निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णयसमेत गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई अब एमालेमा कुनै स्थान नभएको बताएका छन् । नेता नेपाललाई उनले गद्दारको संज्ञा दिएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार १० लाख रूपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको सपथ गराएकी छन् । देउवासँगै पहिलो चरणमा चार मन्त्रीले पनि शपथ लिएका छन् ।
करिब ४१ महिना देशको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतले गरेको फैसलाप्रति तीव्र असन्तुष्टि जनाउँदै संविधानको अपब्याख्या गरेको आरोप लगाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । तर राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधान र संविधानको धारा उल्लेख गरेकी छैनन् ।