रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अन्य कारण होला नहोला तर कांग्रेस महाधिवेशन गर्न स्वास्थ्य मापदण्ड र कोरोना महामारी बाधक बन्नसक्ने संभावना जिवित छ । तर आसन्न १४ औं महाधिवेशनमा सभापतीका लागि दाबेदारहरुको संख्या बढ्दो छ ।
काठमाडौं उपत्यकामा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञा भने थप खुकुलो पारिएको छ ।
मेलमिलाप सम्बन्धी सिंगापुर महासन्धी अनुमोदन गर्नसके मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने र विदेशी लगानी र प्रबिधि भित्राउन मद्दत पुग्ने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू फेरि सभापतिका लागि तयारी गर्ने संकेत गरेका छन् । शनिबार प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफलका क्रममा पुनः पार्टी सभापतिका लागि इच्छुक रहेको संकेत गरेका हुन् ।
नेपाली काँग्रेसले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीवार र शुक्रवार गरी दुई दिन बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको हो ।
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च अदालतलाई संसद विघटनबारे लिखित जवाफ पेस गरेलगत्तै राष्ट्रपति कार्यालय शीतलनिवासले सर्वोच्च अदालतलाई १५ बुँदे जवाफ पठाएको छ ।
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।"