रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मध्यपहाडी लोकमार्ग र राप्ती राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ ।
मोटरसाइकल र मोटरसाइकल संस्कृतिलाई मान्यता दिन एस जेमोटोद्वारा एमभी अगस्टा सुपर भेलोचेसिरी ओरोको अनावरण गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) को दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदनमा माओवादी केन्द्रको महाधिवेशन नभएकाले वैधानिकता सकिएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो भनेर प्रश्न उठाएका छन् ।"
चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलन आज मंगलबार छ तारिख भिडियामार्फत आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एबम राष्ट्राध्यक्ष सी चिनफिङले उक्त सम्मेलनमा भाग लिँदै मन्तब्य दिएका छन् ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणको लागि लागि प्रस्ताव ल्याउने भएका छन् । कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वको दाबी गर्नेहरूको संख्या दिनदिनै थपिरहेका छन् ।
जनता समाजवादी पार्टी(जसपा)का दुबै समूह अब एक नहुने निचोडमा पुगेका छन् । मंगलबार दुवै समूह निर्वाचन आयोगमा पुगेर कानुन अनुसार नै विवादको छिनोफानो गर्न भनेका छन् । संभवत जसपा कानूनतः दुई चिरा हुने निश्चित बनेको छ ।
प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वको संवैधानिक इजलाशले रिट निवेदक र विपक्षी सरकारतर्फका कानुन व्यवसायी र एमिकस क्यूरी (अदालतका सहयोगी) समेतको तर्फबाट सुनुवाई सकाएको हो ।"
कोरोना संक्रमणमा परि कांग्रेस नेता तथा बरिष्ठ ट्रेड युनियनकर्मी रामजी कुँवरको निधन भएको छ । काठमाडौको टिचिङ अस्पतालमा निधन भएका कांग्रेस नेता कुँवरको निधनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले श्रद्धान्जली ब्यक्त गरेका छन् ।