रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकिकृत वस्ती निर्माण गरिनुपर्ने बताएका छन् ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरेका छन् ।"
इलामस्थित सूर्योदय नगरपालिकाले मधेश–पहाडको एकता र संस्कृतिलाई संरक्षण गर्ने नवीन प्रयास गरेको छ ।मैथिली भाषाका महाकवि विद्यापतिको सालिक पहाडी जिल्लामा पहिलो पटक निर्माण गरेर मधेश–पहाडको सम्बन्ध र भावनाको प्रतिनिधित्व गर्ने काम नगरपालिकाले गरेको छ ।
नेपाली कांग्रेसका नेता एवम पूर्वस्वास्थ्य मन्त्री गगन थापाले उच्च ओहदामा बसेकाहरूलाई विदेशमा उपचार गराउँदा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएकोप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा पुनः सभापतिमै उम्मेदवारी दिने बताइसकेका छन् । विमलेन्द्र निधिले दुई बर्ष अघिदेखि नै सभापतिमा दाबी गरिरहेका छन् । तर संस्थापन इतर पक्षलाई सभापति पदमा साझा उम्मेद्वार तय गर्न समस्या देखिएको छ ।"
नेकपा एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक पुगेको भनिएपनि वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा पुगेको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।
प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले प्रकृति प्रदप्त साधन स्रोत र पुर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिकहरु सक्षम रहेको बताएका छन् ।
नेकपा एमालेका एकताका लागि गठित कार्यदलको वार्ता सहमति नजिक पुगेको दाबी गरिएको छ । वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै माधव नेपाल पक्षका नेता गोकर्ण विष्टले निष्कर्षका लागि अब धेरै समय नलाग्ने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’