रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सुनसरीको इटहरी नगरक्षेत्रमा कोरोना संक्रमण नरोकिएपछि गम्भिर संक्रमितहरुको तत्काल उद्धार गर्न गैरसरकारी क्षेत्रको पहलमा ८० शैयाको अक्सिजन सहितको आइशोलेसन मंगलवारदेखि संचालन गरिएको छ । इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमितको संख्या १५१५ नाघेको छ ।
कोरोना रोकथामका लागि निषेधाज्ञामा कडाई गरिने भनिएको बेला आकस्मिक उद्धारका साधनहरुको दुरुपयोग हुन थालेको पाइएको छ । विषम परिस्थितिको बेला गैरसरकारी संस्थाको एम्बुलेन्समा लागुऔषध गाँजा ओसारपसार भएको पाइएको हो ।
काठमाडौं उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश विपरीत पुनःप्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन पेश भएको छ ।""
नेकपा एमालेबाट निष्कासित भएपछि नेता माधवकुमार नेपालले ओली सरकारलाई बढार्दै मुलुकमा कानुनी राज स्थापना गर्ने दायित्व बढेको बताएका छन् । एमालेले पार्टीबाट निष्कासन गरेपछि पहिलो पटक औपचारिक रूपमा अपिल जारी गर्दै उनले ओली गरेको कारबाही अर्थहीन रहेको समेत बताएका छन् ।
नेकपा एमाले स्थायी कमिटीको बैठकले थप १२ जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा चार हप्तामा कोरोना संक्रमण कम हुने दाबी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले संक्रमण घटाउन लकडाउन गरेको भए पनि आवतजावत पूर्ण रुपमा बन्द नभएको र केही सेवाहरु अहिले पनि सञ्चालनमा रहेकाले संक्रमण हट्न केही समय लाग्ने बताए ।
चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।"