रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन्। मन्त्रीहरुले शुक्रबार साँझ नै शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।"
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ढुङ्गा, गिट्टी बालुवा लगायतका निर्माण सामग्री निकासी गर्दा वातावरणमा प्रतिकुल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष सहभागी हुने भएको छ । जसपाका सरकारमा सहभागी हुने नेतालाई सपथको तयारीमा छन् ।
जिल्ला अस्पताल रुकुम पश्चिममा सञ्चालन हुने भनिएको अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार आएपछि अनुसन्धान शुरु भएको छ । ब्रिटेनको एउटा पत्रिकाले त्यस्तो समाचार छापेपछि त्यसबारे विभिन्न चर्चापरिचर्चा सुरु हो ।
नेकपा एमाले भित्रको माधव नेपाल समूहका केही नेता तथा कार्यकर्ता केपी शर्मा ओली पक्षसँग एकता हुन कठिन हुने बताउँदै आएका छन् । पूर्वअध्यक्ष झलनाथ खनाल अब नयाँ पार्टी खोल्न ढिला गर्न नहुने निष्कर्षमा पुगेका छन् ।
श नम्बर २ का मुख्यमन्त्री लालवावु राउतले हालै संघीय सरकारले ल्याएको आगामी बर्षको बजेटमा गिट्टी-बालुवा उत्खनन् गरी बिक्री गर्ने सम्बन्धी नीतिप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।
हवाई इन्धनको मूल्य घटाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानुभक्त ढकालले पहलकमदी लिएका छन् । उनले बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि निर्देशन दिएका हुन् ।