रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू फेरि सभापतिका लागि तयारी गर्ने संकेत गरेका छन् । शनिबार प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफलका क्रममा पुनः पार्टी सभापतिका लागि इच्छुक रहेको संकेत गरेका हुन् ।
नेपाली काँग्रेसले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । बिहीवार र शुक्रवार गरी दुई दिन बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पाँच दल आबद्ध विपक्षी गठबन्धनलाई अझै सशक्त बनाउँदै अघि बढ्ने निर्णय गरेको हो ।
चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बोच्च अदालतलाई संसद विघटनबारे लिखित जवाफ पेस गरेलगत्तै राष्ट्रपति कार्यालय शीतलनिवासले सर्वोच्च अदालतलाई १५ बुँदे जवाफ पठाएको छ ।
कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ ।"
विश्व बैंकले नेपाललाई महामारीसँग जुध्न साढे १७ अर्ब रुपैयाँ बराबर ऋण सहयोग गर्ने भएको छ । नेपाललाई महामारीसँग जुध्न एवं आर्थिक पुनर्उत्थानमा सघाउ पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गर्न लागेको हो ।"
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । विहीबार सर्वोच्चमा पेस गरेको जवाफी पत्रमा अदालतमाथि विभिन्न प्रश्नहरु पनि गरेका छन् ।
राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुला गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले मंगलबारसंयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरिएको जनाएको छ ।