रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सांसदको विश्वास प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको छ । सहभागी भएका २४९ मध्ये देउवाको समर्थनमा १६५ सांसदले मत दिएका छन् । विपक्षमा ८३ र तटस्थमा १ मत परेको छ ।"
प्रधानमन्त्री शेर बहादुर देउवाले तीन बर्ष सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै देउवाले भने, ‘उहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ ।’"
नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले गुट परिर्वतन गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै महन्थ ठाकुर पक्षधर रहेका चार सांसद उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।
प्रतिनिधिसभा बैठकको पूर्वसंन्ध्यामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले नेपाललाई कोटेश्वरमा गएर भेटेका हुन् ।"
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन कार्यतालिका हेरफेर गरेर भएपनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तयारी शुरु भएको छ । यसका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी दिएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन फेरि प्रभावित हुने संकेत शुरु भएको छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको हो । त्यसका अलावा पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशनको तयारी प्रभावित बनिसकेको छ ।