रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा पनि कर संकलन गर्न सरकारलाई सहज बनाइदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले आर्थिक ऐनको व्यवस्था अनुसार अर्थ मन्त्रालयले कर बुझाउनका लागि दिएको अवधिभित्रै कर बुझाउनुपर्ने गरी आदेश गरेको हो ।
कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा मंगलबारबाट केही खुकुलो बनाइएको छ । जसका कारण सडकमा सवारी चाप बढेको छ । सबैजसो जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै चहलपहल र बजारमा भिडभाड बढेको छ ।"
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई छायाको होइन ऐनाको सुझाव लिन आग्रह गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह गर्न नसकेको र पूर्वाग्रही रहेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुबै अध्यक्षले एक अर्कालाइ गरेको कारवाही खारेजी गरेको छ ।
करेन्ट लागेर घाईते भएका एक बालकको आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्वर ११ का ८ बर्षीय निर्मा पुरीको उपचारमा समस्या भएको हो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.कृष्ण गिरीमाथि विवादास्पद मेडिकल कलेज बीएन्डसीलाई सम्बन्ध दिलाउनका लागि दिएको दबाबका कारण सुरक्षा खतरा बढेको भन्दै केही संस्थाले आपत्ति जनाएका छन् ।