नेपालमा अब दैनिक दुई लाख जनालाई कोरोनाविरुद्धको खोप
- रुपान्तरण
नेपालमा अब कोरोना विरुद्धको खोप अभाव नहुने देखिएकोछ । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।