मेनुका थापा कार्कीको मृत्यु रहस्यमयः माइती पक्ष आक्रोशित
- रुपान्तरण
भक्तपुर पलाँसेकी २४ वर्षीया मेनुका थापा कार्कीलाई घरपरिवारले कुटपिट गरेर मारेको माइती पक्षले आरोप लगाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर माइती पक्षले मेनुकाको हत्या श्रीमान भुपेन्द्र कार्की, सासु सुकुमाया कार्की र ससुरा नेत्रबहादुर कार्कीले मिलेर गरेको भन्दै निश्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । मेनुकाको असोज १६ गते बनेपा अस्पतालमा उपचारको क्रममा निधन भएको माइती पक्षले जनाएको छ ।