गृह मन्त्रालयको कच्चा विज्ञप्ति: जसका कारण सरकारप्रति औंला उठाइयो
- रुपान्तरण
गृह मन्त्रालयको विज्ञप्तिलाई लिएर समाज तातेको छ । राजनीतिक दलका नेताले भाषणका लागि नयाँ मसला पाएका छन् । छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामाथि आँच आउने गतिविधि नगर्न भनी गृहमन्त्रालयले विज्ञप्ति जारी गरी आपत्ति जनाएपछि त्यसको आलोचना भइरहेको हो ।