प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलाशमा पठाउन आदेश दिएको छ ।
संघीय सरकारले जिल्ला प्रशासन मार्फत निषेधाज्ञा जारीगर्नु बाहेक संक्रमितको उपचारका साथै दैनिक जीवनका आधारभूत आवश्यकताका बारेमा कुनै चिन्ता लिएको नदेखिएपछि स्थानिय राजनीतिक दलहरुले स्थानीय सरकारलाई प्रभावकारी कदम चाल्न गुहार मागेका छन् ।
सुनसरीको इटहरी नगरक्षेत्रमा कोरोना संक्रमण नरोकिएपछि गम्भिर संक्रमितहरुको तत्काल उद्धार गर्न गैरसरकारी क्षेत्रको पहलमा ८० शैयाको अक्सिजन सहितको आइशोलेसन मंगलवारदेखि संचालन गरिएको छ । इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । संक्रमितको संख्या १५१५ नाघेको छ ।
काठमाडौं उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको भर्चुअल बैठकले जारी निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश विपरीत पुनःप्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन पेश भएको छ ।""
विपक्षी गठबन्धन आबद्ध १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । आइतबार विघटनविरुद्ध सर्वोच्चमा २५ थान रिट पेश भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ आइतबार जारी गरेकी हुन्।