नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका छन् । आइतबार बुढानिलकण्ठस्थित निवासमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक ‘नेपाली जन जातीय संस्कार र संस्कृति’ को विमोचन गर्दै देउवाले प्रधानमन्त्री बन्नका लागि आफू लालायित नभएको बताएका हुन् ।
गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव र बाबुराम भट्टराई काँग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गरेका छन् ।
एमालेको खनाल–नेपाल पक्षधर संघका अध्यक्ष नरेश साहीले विज्ञप्ति जारी गर्दै ओली सरकार राष्ट्रवाद छ भन्नु भ्रम मात्र हो भनेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।