रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए ।
भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण गर्ने भएका छन्। उनका नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा २०७९ फागुन १ देखि २ गतेसम्म उनले नेपालको औपचारिक भ्रमण गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
नेकपा एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजाने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । उनलाई बिहीबार साँझ मुख्यमन्त्री बनाइएको हो । उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
क्यानडा अध्ययनका लागि लक्षित गर्दै काठमाडौंमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बालकोटस्थित ओली निवासमा भएको सो भेटवार्ता भावी राष्ट्रपतिका विषयमा केन्द्रीत थियो । उनीहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र राष्ट्रपतिका विषयमा मोटामोटी धारणा बनाउने तयारी छ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले प्रस्ताव गरेको व्यक्तिलाई राष्ट्रपतिमा निर्वाचित गर्न नहुने जिकिर गरेका छन्। लोकतन्त्र संवाद केन्द्र काठमाडौँले बुधवार आयोजना गरेको ‘ आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति भए संविधानले नदिएको शक्तिको अभ्यास हुने दाबी गरेका हुन्।
नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।