रवीन्द्र मिश्रको ‘बैकल्पिक शक्ति’ राप्रपामा विलय
- रुपान्तरण
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । राजतन्त्र पुनःस्थापना हुनुपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका उनी राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका थिए ।