निर्वाचनको रणनीति बनाउदै एमाले, ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
- रुपान्तरण
आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) केन्द्रिय कमिटी बैठक काठमाडौंमा चलिरहेको छ । विशेष गरी उम्मेदवार छनोटका लागि एमालेले मापदण्ड बनाउँदैछ । केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्ने एमालेको तयारी छ । यसअघि पोलिटब्युरो बैठकले केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको थियो ।"