कांग्रेस महाधिवेशन तोकिएकै मितिमा गर्ने देउवाको इच्छा
- रुपान्तरण
नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन कार्यतालिका हेरफेर गरेर भएपनि केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तयारी शुरु भएको छ । यसका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको शुक्रबार बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी दिएको हो ।