विजयकुमार गच्छदारको आक्रोश र दुःखेसो
- रुपान्तरण
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको बताएका छन् । उनले राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको आरोप पनि लगाए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने प्रयास भएको जिकिर गरे ।"