राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको भिडन्त
- रुपान्तरण
आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा बादल, डा.खिमलाल देवकोटा र कृष्णबहादुर तामाङले राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा उम्मेदवारीपत्र मनोनयन दर्ता गराएका हुन् ।