नेपालसहित चार नेताको कारवाही फुकुवापछि ओलीलाई अल्टिमेटम
- रुपान्तरण
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन् । वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन् । उनीहरुमाथि पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै ६ महिना निलम्बनसहित कारवाही गरिएको थियो ।